• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- घ्याम्पे यो भुँडी, भर्नु छ कर बढाएर-तिलक तारामी ‘रेशाली’

Published : 2 years ago


 घ्याम्पे यो भुँडी, भर्नु छ कर बढाएर ।

 जनताको खुसी, हर्नु छ कर बढाएर ।।

 

 ढुकुटी नै नभएपछि, नहुने रैछ मोज ।

 र त साँढे जस्तो, चर्नु छ कर बढाएर ।।

 

 कार्यकर्ताहरू पाल्नै पर्यो, जसरी नि ।

 त्यसैले त बजेट, छर्नु छ कर बढाएर ।।

 

 देशकै अस्पतालको, भर छैन मलाई ।

 विदेशमै उपचार, गर्नु छ कर बढाएर ।।

 

 सपना मात्रै देख्ने, आरोप छ मलाई ।

 देखाउनै भएनि, मर्नु छ कर बढाएर ।।

 

 तिलक तारामी ‘रेशाली’

 बुटवल- ११, रुपन्देही

            २ साउन, २०७५ ।