• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- भाईरल बन्ने छ उनको मेरो सम्बन्ध एक दिन- आयुस लामा

Published : 2 years ago


काल आएको स्याल जस्तो सहर तिर पो पसे हजुर !!

नजा भन्थे आफन्तले गाँजा ड्रक्स तिर पो फसे हजुर !!

 

जडिया भन्छन् हिजो आज ती समाजका समाजदारहरूले

समाजको देखावाटी पन नजर बाट पो खसे हजुर !!

 

सहर हो यो चल्दैन विना पैसा पाईलाहरू

रगत बेचे पुगेन एउटा किडनी पो मासे हजुर !!

 

सुनाउथे मेरो वियोगान्त कथा सुन्ने केही थिएन

चमन्न रातहरूमा कति दिन त एक्लै पो हासे हजुर !!

 

भाईरल बन्ने छ उनको मेरो सम्बन्ध एक दिन

चरेस ड्रक्स संग भाईरल बन्ने सम्बन्ध पो गासे हजुर !!

 

आयुस लामा

ईलाम नेपाल