• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- फसेकोछु उसकै बोलीको ताल र सुर तिर- गम मगर ‘अर्पण’

Published : 1 year ago


फसेकोछु उसकै बोलीको ताल र सुर तिर

त्यसैले त घरीघरी पुग्ने गर्छु म रामपुर तिर

 

प्रेममा फसेपछि के हुन्छ पर्नेलाई थाहा छ

खै कसले गर्लान् ख्याल मेरो मजबुर तिर

 

उ पनि प्रेम जालमा फसेर त भन्ने गर्छिन्

‘हेरि रहन मन लाग्छ एकनासै हजुर तिर’

 

लगाउँछन् दुष्टहरु जवानीमा गिध्दे नजर

‘एक्लै छाडी नजानुहोस् हजुर लाहुर तिर’

 

पुरानो हुँदा सुनलाई पित्तल सम्झिन्छ कि

भन्छिन् ‘सुन भुलेर नलाग्नु कोहिनुर तिर’

 

गम मगर ‘अर्पण’

निस्दी -६ अर्चले,पाल्पा

लेखन ०५/०४/२०७५