• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- चोटैचोटको भारी बोकि हिडिरहेछु बिस्तारै- कौशल श्रेष्ठ

Published : 1 year ago


निराशामा  मेटिन्छन् ,,, अचेल मेरा रहरहरु

जति मिलाए नि  मिल्दैन गजलका बहरहरु

 

चोटैचोटको भारी बोकि हिडिरहेछु बिस्तारै

छ मेरो  पछाडि समस्याका अनेकौ लहरहरु

 

मैले राम्रो कुरा गर्दा उसले अर्कै बुझ्छ भने त

घुलाउदो रैछ उसैले ,,,,,यो मनभित्र जहरहरु

 

यो जिन्दगीमा  रोएर सबै दुखहरु कट्ने भए

म पनि रुदै कटाउथे यी  जिन्दगीका प्रहरहरु

 

म भाग्दै  छु धेरै टाढा  कहिल्यै नफर्किने गरि

खोज्दो  हो मलाई पनि त मेरो गाउँ सहरहरू

 

कौशल श्रेष्ठ

भक्तपुर