• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कबिता – कलममाथि हातहरुको दादागिरी - पुस्पा जोशी ‘काली’

Published : 2 years ago


कलममाथि हातहरुको दादागिरी

 

ख्याल गर

बेलैमा होस पुर्या

तेरो बिर्को

थुतिन सक्छ

भाचिन सक्छ

 

यदि मैले भनेको

पानाहरुमा दौडिनस भने

तेरा खुट्टा भाचिन सक्छन्

बैसाखी को साहारामा

च्यात्तिएका कागजहरुमा घस्रनु पर्ला

 

तैले आफ्नो गर्भभित्र

लुकाएर राखेको मसि

शब्दहरुमा परिणत नहुदै

तुहिन सक्छ

 

केही गरि जन्मिहाले पनि

न्वारान नहुदै

भत्किन सक्छन्

तितरबितर हुन सक्छन्

तेरा सन्तानरुपि

अक्षरका संरचनाहरु

 

उसै परे तेरो जिब्रो

काटिन सक्छ

त बोल्न खोज्नेछ्स

तर

तेरा शब्दहरु केवल

घाटिसम्मै आएर अड्कनेछ्न

 

अनि तलाइ

दुनियाँले लाटोको संज्ञा दिनेछ

 

पुस्पा जोशी ‘काली’

धनगढी ,कैलाली