• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - चिटिक्क सानी भए, चल्छ जिन्दगानी - भरत आचार्य

Published : 2 years ago


(आज अलिकति फरक अलिकति पूरानो)

 

नुन र पानी भए, चल्छ जिन्दगानी ।

एउटी नानी भए, चल्छ जिन्दगानी ।।

 

रुपको धाक देखाउने ,कति कति

मायाकी खानि भए,चल्छ जिन्दगानी ।

 

बल भन्दा बुद्दी विवेक ,बढी भा’कि

चिटिक्क सानी भए, चल्छ जिन्दगानी ।

 

धन सम्पतिले कस्लाई पो पुग्छ र ?

कुलकी मानी भए , चल्छ जिन्दगानी ।

 

बोलेरै मात्र बाठो ,हुँदैन मानिस

म भन्दा ज्ञानी भए ,चल्छ जिन्दगानी ।

 

जिन्दगी हो दुख सुख, चलिरहन्छ

दिलकी रानी भए, चल्छ जिन्दगानी

 

दिएर मात्र कस्लाई, पुग्छ हजुर ?

मनकी दानी भए ,चल्छ जिन्दगानी ।

 

नुन र पानी भए, चल्छ जिन्दगानी ।

एउटी नानी भए, चल्छ जिन्दगानी । ।

 

भरत आचार्य

पोखरा-११, काहुँ ।