• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- नेता हुन्छ त्यो जसले गुण्डा पाल्न सक्छ - तिलक तारामी ‘रेशाली’

Published : 1 year ago


नेता हुन्छ त्यो जसले गुण्डा पाल्न सक्छ ।

व्यर्थ उसले सडकमा टायर बाल्न सक्छ ।।

 

अनियमित काम गर्न नमान्दा फेरि उसले ।

इमान्दार राष्ट्र सेवकलाई नै फाल्न सक्छ ।।

 

आफूले गरेका जघन्य कुकर्म र भ्रष्टाचार ।

जनताको आँखा अगाडि नै टाल्न सक्छ ।।

 

कुर्सीमा पुग्नको निम्ति दायाँ बायाँ नहेरी ।

जस्तोसुकै राष्ट्रघाती कदम चाल्न सक्छ ।।

 

चुनावको बेलामा झुठो आश्वासन बाँड्दै ।

साख्खै बनी जनताको मुटु गाल्न सक्छ ।।

 

अघिपछि जनता नचिन्नेले निर्वाचन हुँदा ।

मत खरिद गर्न खसी बोका ढाल्न सक्छ ।।

 

हरपल आफ्नो निजी स्वार्थको निम्ति नै ।

मन नपरे जोसुकैलाई जेल हाल्न सक्छ ।।

  

तिलक तारामी ‘रेशाली’

बुटवल -११, रुपन्देही

६ असोज, २०७५ ।