गजल- तिमीलाई भेट्न भनि आउदिन म पक्का भयो- सुस्मिता पौडेल
Published : 2 years ago

तिमीलाई भेट्न भनि आउदिन म पक्का भयो
अरुलाई तिम्रा कुरा बताउदिन म पक्का भयो
मायामा धेर शंका हुन्छ भन्ने मैले थाहा पाए
त्यसैले त माया पनि लाउदिन म पक्का भयो
जति पुजेपनि ढुङ्गा देउता बनी बोलेको छैन
पुजा गर्न मन्दिर अब धाउदिन म पक्का भयो
जता पाइला चाल्छु म हार हुन्छ पाइलै पिछे
जिन्दगीमा जित्न कहिले पाउदिन म पक्का भयो
सफल भए राम्रो हुन्छ बिछोड हुँदा पोल्छ मुटु
मुटु पोल्न पिरतिको घर छाउदिन म पक्का भयो
सुस्मिता पौडेल
बाह्रबिसे सिन्धुपाल्चोक