• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- के थियो र दुष्मनी तरवार उठायौ- सुरेश पाण्डेय

Published : 2 years ago


के थियो र  दुष्मनी  तरवार उठायौ !!

गर्दिन्छु खतम भनि तरवार उठायौ!!

 

सम्झिँदा यस्तो  लाग्छ मलाई पनि!!

थियौ हत्यारा  अनि तरवार उठायौ!!

 

कुन  तरिका  बाट  बाच्यौ म आफै!!

एक दुई  तिन  गनि  तरवार उठायौ!!

 

यो कठोर कसरी भयौँ मान्छे मान्छेमा !

तिम्रो पनि मन छ तनि तरवार उठायौ !

 

यो आकाश पिता धर्ती आमा हुन् मेरी !

आउँनेछन् अकस्मात् बनि तरवार उठायौ !

 

सुरेश पाण्डेय 

सुर्खेत विरेन्द्रनगर घर