• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- कसरी ढल्कन्छ, समय पत्तै हुदैन?- चिरन्जिवी ढकाल

Published : 2 years ago


कसरी ढल्कन्छ, समय पत्तै हुदैन ?

बद्लिन्छ जिन्दगीको,लय पत्तै हुदैन ?

 

मन त अजम्बरी नै,ठान्छ आँफुलाई,

जीवन बर्ष हो कि, सय पत्तै हुदैन।

 

मान्छे सबैलाई ,आफ्नो बनाएँ ठान्छ,

व्यवहारले कति, भए पत्तै हुदैन।

 

जसै बालापन पछि, घर जम हुन्छ,

कति रहर मरी, गए पत्तै हुदैन।

 

संधर्स मै बिताउँछ ,जिन्दगी तर खै,

हार हुन्छ कि वा, विजय पत्तै हुदैन।

 

चिरन्जिवी ढकाल

ने ग उ म न पा-२०

राँझा एयरपोर्ट बाँके