• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता- ‘मेरि आमा’- रिस्ता न्यौपाने

Published : 2 years ago


‘मेरि आमा’

 

आफ्नो तन चिरेर सौन्दर्य बिगार्दा पनि

असहय पीडा सहेर घरि घरि मुर्छा पर्दा पनि

मेरो आगमनलाई हर्षित मनले आतुर हुदै

स्वागत गर्ने  मेरि आमा,खै कसरी गाउँ  तिम्रो  महिमा।।।।

छाति सुकाएर आफुलाई जिर्ण  बनाउदा पनि।

 

रगत,पसिना स्खलित गराएर आफु शुष्क बन्दा पनि

मेरै खुशिलाई आफ्नो खुशि सम्झदै ।।

निस्वार्थ  स्नेहको सिचाइ  गर्ने

मेरि आमा

खै कसरी गाउँ तिम्रो महिमा ।।।।

 

तिम्रा रगतका कणकणले बनेकि सन्तान म

आफ्नो तन चिरेर सौन्दर्य बिगार्दा पनि

तिम्रै तन मन र स्नेहकि प्रतिफल रुपि जीवन म

मेरा  निम्ति बाचेकि मेरि आमा ,

खै कसरी गाउँ  तिम्रो महिमाआफ्नो तन चिरेर सौन्दर्य बिगार्दा पनि

खै कसरी गाउँ  तिम्रो  महिमा

मेरि आमा

 

रिस्ता न्यौपाने

कक्षा सात

मेरिडियन ईन्टरनेशनल स्कुल, बालुवाटार