• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- आज सम्म मन कसरी धानेँ,”अरे केहीत बोल”- सुलोचना पन्त ‘यश’

Published : 1 year ago


तिम्लाई मनले आफ्नो माने”अरे केहीत बोल”

हृदयदेखि नै आफ्नो ठानेँ “अरे केहीत बोल”

 

कलमले पाईला चाल्दै, मनको कुरा खोलेँ

शब्द शब्दले तिम्लाई हानेँ, “अरे केहीत बोल”

 

हजारौमा  तिम्लाई नै खै किन रोजे मनले

यत्रो  हुलमा तिम्लाई छानेँ, “अरे केहीत बोल”

 

मिठो बोली,तितो घोली,बोल्ने  तिम्रो बानी

तिम्रो आनीञबानी सबै जानेँ,”अरे केहीत बोल”

 

के छ बिचार मनमा तिम्रो अब पोखिदेउत

आज सम्म मन कसरी धानेँ,”अरे केहीत बोल” ।।

                         

सुलोचना पन्त ‘यश’

काठमान्डौ