• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मैकोट व्यवसायी संघको सरसफाइ कार्यक्रम

Published : 2 years ago


कर्मसही घर्ती मगर

१ मंसिर , रुकुम पूर्व

 

रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं १ मैकोटमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । मंसिरे मेलाको शुरुवातमा मैकोट व्यापारी संघको आयोजनामा शुरु भएको उक्त घरदैलो सरसफाइ कार्यक्रमको अगुवाई व्यवसायी संघका अध्यक्ष बिरेन्द्र बुढा मगर लगायतले गरेका थिए । घरदैलो सरसफाइ कार्यक्रममा विभिन्न व्यापारी व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो । इप्रका मैकोटका निमित्त प्रमुख प्रसनि शेर ब. बस्नेत लगायत प्रहरी जवानहरूको पनि सरसफाइमा सहभागिता थियो ।

 

मैकोटको खोबर देखि बजार क्षेत्र हुँदै बारगरसम्मका अव्यवस्थित रूपमा फ्याकिएका प्लाष्टिक , फोहरमैला , सडेगलेका कपडा सबै टिपेर काप्च्योँमा बनाइएको खाल्डोमा जलाइएको थियो ।

 

‘हामीले अब हरेक महिना घरदैलो सरसफाइ अभियान चलाउनेछौँ । यसले पनि मैकोट र मैकोटी जनसमुदायमा एउटा उदाहरणीय काम सम्प्रेषण गर्नेछ । हाम्रो हेतु सबैमा आ(आफ्ना घर टोल सफाई गर्ने जनचेतना जागोस् भन्ने हो । बिस्तारै बजारीकरण हुन लागेको र समृद्धि उन्मुख मैकोटको पहिलो समस्या नै सरसफाइमा रहेको छ । यसको समाधान सजिलो छ , मात्र सरसफाइ सम्बन्धि चेतनाको खाँचो छ ।’  मैकोट व्यवसायी संघका अध्यक्ष बुढाले सरसफाइ बारे भने ।

 

अर्का व्यवसायी टेक बुढाले अव्यवस्थित रूपमा यत्रतत्र फालिने फोहरमैला आवश्यक ठाउँमा फाल्न सबैलाई आग्रह गरेको बताए । प्रत्येकले सही ठाउँमा फोहरको व्यवस्थापन गर्ने हो भने गाउँ र बजार क्षेत्र सफा हुने बताए ।

 

स्मरण रहोस् , विगत दिनमा एम फाइभ समूहले एउटा कार्यक्रम नै बनाएर प्रत्येक टोलमा ठूला ठूला डष्टबिनहरू निशुल्क उपलब्ध बनाएको थियो ।