• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- तिमी हो या तिम्रो जवानी भो दोषी - गिरीराज अधिकारी ‘बसुदेब’

Published : 6 months ago


तिमी हो या तिम्रो जवानी भो दोषी

जिरिङ्ग भो आङ काहानी भो दोषी ।

 

आखिर सर्पले डसेरै हो छोड्ने

दुधमा गरेको लगानी भो दोषी ।

 

संसारिक माया ममता त्यागेर

बनाएछ योगि खरानी भो दोषी ।

 

लत्त्याउदै माया रहर कुल्चियौ

अन्जान हो या जानी-जानी भो दोषी

 

प्रकृति र भाग्य हुदैन बसमा

के थाहा र घाम या पानी भो दोषी ।।

 

गिरीराज अधिकारी ‘बसुदेब’

टाडी चितवन