गजल- भाला हान्छन छातीमै चिनाजानिका मान्छे- प्रकाश बाग
Published : 2 years ago

भेटिन्छन जीन्दगीमा थरि थरिका मान्छे
भाला हान्छन छातीमै चिनाजानिका मान्छे
त्यस्कारण बा गरिब भए,म बेरोजगार भए
हामी थिएनौ कुनै पनि यी पार्टिका मान्छे
सरकारसंग लड्ने त राजधानीका मान्छे हुन्
भोकमरिसंग लडिरहन्छन कर्णालीका मान्छे
तब सम्म नयाँ नेपालका कुरा गर्दै नगरौ
जब सम्म फर्किदैनन् ती खाडीका मान्छे
सोचिरहन्छु,कहाँ होलान रुके गर्दै होलान
बर्षौ देखि बेखबर छन् ढुकढुकिका मान्छे
प्रकाश बाग
ठेगनास्बङ्गल न.पा.- ९, बझाङ्ग