• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-मन पत्थर बनाएर उ चढेर विमान हिड्यो- कृष्ण प्रसाद उपाध्याय

Published : 1 year ago


मन पत्थर बनाएर उ चढेर विमान हिड्यो।

बाच्नका निमित्त बोकेर अभियान हिड्यो।

 

नागरिकता,पढेको प्रमाणपत्र घरमै छाडि;

भन्दै हो राहदानी यो मेरो पहिचान हिड्यो।

 

रित्तो झोला भएपनि सपना ती थिए भारि;

भविष्यको सुनौंलो खोज्न बिहान हिड्यो।

 

परिवार पाल्न नपुग्ने स्वदेशमा विवश भइ;

पसिना,परिश्रम गर्न पर्देश प्रति दान हिड्यो।

 

बाध्यता नबुझी यो नेपाली होईन भन्नु हुन्छ;

राखेर छातीमा नेपाल देश निशान हिड्यो।

 

कृष्ण प्रसाद उपाध्याय

विजयनगर गाउँपालिका, कपिलवस्तु