• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- शरद फुल्यो होला ती खेतको आलीभरी- मीरा गजुरेल

Published : 9 months ago


मलाई नविर्सनु भन्थी ऊ छुट्टीने वेलामा

सङ्गै सङ्गै हिडेको त्यो गाँऊको मेलामा

 

शरद फुल्यो होला ती खेतको आलीभरी

 यादमा झारीहोली ऑशु हातको ठेलामा

 

सँभालेर राख्नु भन्थी चोखो माया  छातीभरी

ऊदासीन्छ मन  कतै परी किरुपापीको फेलामा

 

छिट्टै फर्किनेछु भनी आए मिठो वाचा गरी

गलत भएँ नजरमा ,परी  बिदेशीको खेलामा

 

मीरा गजुरेल

तिनकुने , काठमाण्डौ