गजल- ईज्जतमा दाग लागेर जिन्दगी भरीलाई पोतिन सक्छ- गम बयम्बु मगर
Published : 2 years ago

असत्य मार्गमा कहिल्यै नहिड्नुस् आफैँ लोटिन सक्छ
सत्यतालाई कहिले सम्म,कस्ले लुकाएर जोगिन सक्छ
अरुको आँखा छल्न सकिन्छ तर आत्मलाई सकिदैन
कदापि नसोंच्नुस् झुटो बोलेर सधैँलाई चोखिन सक्छ
हरेक प्राणीलाई एकबार जवानी अवश्य आउँछ हेर्नुस्
प्राकृतिक हो,बैँसमा राम्रा र राम्री देख्दा लोभिन सक्छ
मायाँ गर्नेहरुले प्रयोगात्मक विधि अपनाएपछि अचेल
बैँसालु सुवास छर्दा कुमारीमै महिनावारी रोकिन सक्छ
समाजमा अनधिकृत तरिकाले कसैको गर्भ बस्छ भने
गर्भकै भ्रुणको जन्मिन पाउने अधिकार खोसिन सक्छ
कुमार र कुमारी मै सन्तान पाउन थाले भने समाजमा
ईज्जतमा दाग लागेर जिन्दगी भरीलाई पोतिन सक्छ
सम्मान गर्नेहरुले अपमानजनक हेर्नेछ गल्ती गरेपछि
वाह गर्ने तपाईको जिन्दगी कुरिकुरीमा मोडिन सक्छ
गम बयम्बु मगर
निस्दी-६ अर्चले,पाल्पा