• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- पिरतीको पँधेरीमा पानी भरुँभरु लाग्छ - उर्मिला कार्की

Published : 2 years ago


  बाचुन्जेली तिमी सँगै  यात्रा  गरुँगरु लाग्छ

  पिरतीको  पँधेरीमा  पानी  भरुँभरु  लाग्छ

 

 रमाउँदै स्वागत गर्न मनको मझेरीमा प्रिय

 तिमी हिड्ने बाटोभरी फुल छरुँछरु लाग्छ

 

लेख  देखि बेसि  तिर मेलापात  गर्न जादा

तिम्रो हात समाएर तिमीसगै झरुँझरुँ लाग्छ

 

तिमी गाउँ म सहरमा हुँदा पनि किन किन

आफैलाई भुली तिमी तिरै सरुँसरुँ लाग्छ।।       

 

उर्मिला कार्की

 चितवन