गीत- बिपनीमा बिर्सु भन्छु सपनीमा छल्यो फेरि- मिना चौलागाईं
Published : 2 years ago

बिपनीमा बिर्सु भन्छु सपनीमा छल्यो फेरि
दरिएको मनको बिश्वास थाहै नपाई ढल्यो फेरि
मनको साइनो बिर्सिएर तिमीले पराई ठानेपछी
दुख्छ मुटु पोल्छ छाती सबै कुरा जानेपछि
हिड्ने मन छ लामै बाटो शरीर पूरै गल्यो फेरि
दरिएको मनको बिश्वास थाहै नपाई ढल्यो फेरि
शितल दिन सकेन भो चौतारीको वरले आज
घाम पानी नछेक्ने भो आफ्नै प्यारो घरले आज
मनको आगो निभाउँ भन्छु दन्किएर बल्यो फेरि
दरिएको मनको बिश्वास थाहै नपाई ढल्यो फेरि
घमाइलो दिन छ भन्छन् मनको बादल हटेन खै
झनझन बढ्छ उहि व्यथा अलिकती घटेन खै
बसन्तको याममा पनि मनमा आँधी चल्यो फेरि
दरिएको मनको बिश्वास थाहै नपाई ढल्यो फेरि
बिपनीमा बिर्सु भन्छु सपनीमा छल्यो फेरि
दरिएको मनको बिश्वास थाहै नपाई ढल्यो फेरि
मिना चौलागाईं
पाँचखाल