• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- आधुनिक जमाना पनि कस्तो आयो खै कुन्नि- लक्ष्मी मगर 'सङ्घर्ष'

Published : 1 year ago


बुढा पुराना भन्छन कोदोको लोक्कल चाहिन्छ

युवाहरुलाई हुस्कि  र बियरका बोटल चाहिन्छ

 

आधुनिक जमाना पनि  कस्तो आयो खै कुन्नि

केटिहरुलाई लामा हिल वाला चप्पल चाहिन्छ

 

जो मान्छे केहि   सिन्को पनि भाच्दैन उसैलाई

हर कदममा हरेक सपनाहरु  सफल चाहिन्छ

 

जुन व्यक्ती अरुलाई सजिलै बाच्न दिदैन यहाँ

उसैलाई नै आफ्नो  त जिन्दगी सरल चाहिन्छ

 

जो बिनाकाम बरालिदै हिडिरहन्छ रात  दिन

उसैलाई बस्न  लागि सानदार महल चाहिन्छ

 

लक्ष्मी मगर 'सङ्घर्ष'

नौबहिनी -५, डाम्री प्यूठान