• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-जिन्दगी अब आखिरी जस्तै छ- आनन्द रेग्मी

Published : 7 months ago


जिन्दगी अब आखिरी जस्तै छ।

लाग्छ माग्ने भिखारी जस्तै छ।।

जिन्दगी अब………..

 

घर न गोठ भयो आफ्नो त्यसैले ।

अब बसाई सर्ने तयारी जस्तै छ।

जिन्दगी अब………..

 

रहर सधै रित्तो मात्रै पुरा नहुने।

अन्न सकिएको भकारी जस्तै छ।।

जिन्दगी अब ………..

 

हुनत भोगाई हो भन्ने ले जे भने नि।

तर भाग्य मेरो दुखारी जस्तै छ।

जिन्दगी अब ………..

 

आनन्द रेग्मी

जानकी-३ सदभावनगर, बाके ।