• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गायक सुनिल खत्रीको अर्को नयाँ गीत 'मन तिमी बिना' सार्वजनिक

Published : 2 months ago


सुन माया गीतको म्युजिक भिडियोको सफलता पछि गायक सुनिल खत्रीले मन तिमी बिना बोलको अर्को म्युजिक  भिडियो हालै सार्वजनिक गरेका छन् । हाईलाईट्स नेपालले you tube मार्फत बजारमा ल्याएको गीतको म्युजिक भिडियो अत्यन्तै राम्रो बनेको छ। शब्द सङ्गीत गायन र म्युजिक भिडियोको राम्रो तालमेलले भिडियो अधिकले मन पराउन सक्नेछन् ।

 

गीतमा शब्द सङ्गीत रश्मि रोक्काको रहेको छ भने भिडियो निर्देशन समीप  निरौला र रश्मि रोक्काको संयुक्त प्रयासमा भएको छ। नयाँ कलाकार रबिन्द्रराज अधिकारी र रोशनी रोक्काको राम्रो अभिनय रहेको म्युजिक भिडियोमा एरेन्ज युकुब राई, श्रृङ्गार मुना राना, क्यामेरा एडिट समीप निरौलाले गरेका छन् ।

गीतको सफलताको लागि शुभकामना