• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- मुखमा रामराम वगलि छुरा राखी आत्मियता- देवराज जोशी 'खाल्टेली'

Published : 11 months ago


नयाँ जोगीले धेरै भस्म घस्छन् भन्थे साँच्चै रहेछ

स्वार्थ खातिर सियो सरी बन्छन् भन्थे साँच्चै रहेछ ।।

 

देखाई आकास पात्ताल लोभ लालच जगाउँदा

रुप अनेक हाउभाउ धर्छन् भन्थे साँच्चै रहेछ ।।

 

सुकिला मुकिला पोशाक भित्र फोहोर सातपत्र

बहुरुपी भेषभूषाले ठग्छन् भन्थे साँच्चै रहेछ ।।

 

मुखमा रामराम वगलि छुरा राखी आत्मियता

दागा धरी कपटी पासा चल्छन् भन्थे साँच्चै रहेछ ।।

 

अस्थायी जीवन स्थायी मित्र खोज्नु रहेछ मुर्खता

टाउकामा टेकी अगाडि वढ्छन् भन्थे साँच्चै रहेछ ।।

 

 देवराज जोशी 'खाल्टेली'