• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- अन्तिम भेटमा सल उपहार दिएर गयौ राम्रै भो- सिताराम खड्का

Published : 4 months ago


सबैको घर बाढीले लग्यो मेरो पनि खोज्नु परेन ।।

अब  भाइले दुष्मनी लिन सम्पति खोज्नु परेन ।।

 

यिनै हातमा औला नहुदा आज धेरै खुसी लाग्यो ,

तिमीले स्वयंवरमा मेरो लागी औँठी खोज्नु परेन ।।

 

कैयौ  शब्द अटाएकाछन चाहुरिएको चेहरामा ,

मेरी आमाले कथा लेख्नलाई कापी खोज्नु परेन ।।

 

शुभ साइतमै घर छाड्दा दैलोमा शिर ठोकियो ,

मैले यो दुनियाँमा अरु कुनै अभागी खोज्नु परेन ।।

 

अन्तिम भेटमा सल उपहार दिएर गयौ राम्रै भो ,

कमसेकम मैले घाँटि कस्नलाई डोरी खोज्नु परेन ।।  

 

    सिताराम खड्का

    रामेछाप हाल भारत