• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- लक्ष्मी घिमिरे

Published : 11 months ago


मुक्तक-१

झरिले रुझेका बदन तिम्रा !

फुर्सदले कुधेका बदन तिम्रा !!

मोहित अनि लट्ठ भएपछि नै !

यी ओठले चुमेका बदन तिम्रा !!

 

मुक्तक-२

उसका यादहरुले रुने बनायो !

पिडाका आँसुले मुहार धुने बनायो !!

खै कस्तो मोहनी लगायो उसले !

घरीघरी उस्कै तस्बिर छुने बनायो !!

 

मुक्तक-३

यो झरीमा तिमीसँगै हुन पाएपो !

यी ओठले ती ओठमा छुन पाएपो !!

सारा कुरा भुलिकन रुझ्थेउँ होला है !

एक अर्काको आँसु पुस्दै रुन पाएपो  !!

 

मुक्तक-४

किरा लाग्ने चिनी हैन नुन बन्नु छ मैले !

तिम्ले भुल्न नसक्ने एक गुण बन्नु छ मैले !!

उपहारस्वरूप दिएको घातको बदलामा !

तिम्रो नसानसामा बग्ने खुन बन्नु छ मैले !!

 

मुक्तक-५

गल्तीले नै रैछ मानिसलाई सिकाउने !

बोलिले नै रैछ यो समाजमा बिकाउने !!

जतिसुकै हन्डर खाए पनि आखिरमा !

झिनो आशले नै रैछ धरतिमा टिकाउने !!

 

 

लक्ष्मी घिमिरे

सिन्धुपाल्चोक