गजल- अन्जान थिए आजसम्म जून कुरादेखि- सुलोचना पन्त
Published : 1 year ago

समुन्द्र जस्तो माया आज बगर भएछ
लक्ष्य बिहीन नसकिने सफर भएछ
खुशी मिल्थ्यो जहाँ पहिले आभासले
अब फगत हेर्ने मात्र एकनजर भएछ
समय जस्तो बदलीरहने मनको बानिले
जिन्दगीभरि यो मुटूभित्र असर भएछ
अन्जान थिए आजसम्म जून कुरादेखि
खै कसरी यो दुनियालाई खबर भएछ
आभामय थिए हिजोसम्म चारै दिशाहरु
आज अन्धकारले घेरिएका प्रहर भएछ
सुलोचना पन्त
काठमाण्डौ