• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

आमाको सम्झना स्वरूप मुक्तकहरू

Published : 3 years ago


आमा शब्दमा कति मिठो अथाह शक्ति लुकेको

 ममतालाई चिन्ने मान्छे हुन्छ सदासदा झुकेको

 अरे तिम्रो शक्तिमा यति ठुलो यो दम किन छ माँ

तिम्रै कारण त दुनियाँ रंगिन संग छ यहाँ फुकेको

 

 आउनु सदा  मेरो  न्यानो मिर्मिरे घाम बनेर माँ

उमङ्गको हरकदमा होसको काम बनेर माँ

सत्यमा निडर भई रम्न बाँच्न सिकायौ यहाँ

शक्ति प्रदान गर्न मलाई मिठो माम बनेर माँ

 

 तिम्रो सम्झनामा मात्र केही  कोर्न मन लाग्छ

 एकान्तमा तिमीसंगै हराएर मन अति जाग्छ

 दुख्छ मुटु पोल्छ छाती तिम्रो यादमा कतिकति

 हास्न रम्न किन मलाई तिम्रै ममता येसले माग्छ ?

 

तिम्रो कमि महसुश प्रत्येक कदम कदमा हुन्छ मलाई

मात्र तिम्रै आभासले किन यति धेरै धेरै छुन्छ मलाई

 गुमाउनु भन्दा अघि गुमाएपछी झनझन बढ्दो छ यो

सुनामी छालहरू आई लछारपछार पारि थुन्छ मलाई

 

 मात्र शब्द अनि तस्बिरमा अजिब बनी सिमीत रयौ अब

 दुनियाँ हेर्ने सौभाग्य ममता प्रदान गरि छोडी गयौ अब

म पनि कति जीउन सक्छु थाहा छैन तिम्रो अभाब चौतर्फी

याद मात्र बाँकी राखीकन दुनियाँमा अस्तु छोडी लयौ अब

 

 

मन्जु दाहाल रूपाखेती