• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- मेरा रहरहरु बजारमा राखेर- सुरेश पाण्डेय

Published : 3 months ago


मुटुभित्र सम्म आई फर्कियौ !!

फेरी बाहाना बनाई फर्कियौ !!

 

हिँजो  गरेर  आदर्शका कुरा !!

आज बोकेर सलाई फर्कियौ !!

 

मलाई खुशी त्यो लागेको हो !!

जब मेरो मन दुखाई फर्कियौ !!

 

मेरा रहरहरु  बजारमा राखेर !!

तिमीले कति कमाई फर्कियौ !!

 

भगवान् जस्ता आमा बुबालाई

कस्तो निशाना लगाई फर्कियौ !!

 

तिमी बाटै जन्मेको बच्चालाई !!

कुन चिहानमा पठाई फर्कियौ !

 

जाँदा राम्रैसँग गएकी थियौँ अरे!

फेरी के को बोकेर दवाई फर्कियौ

 

सुरेश पाण्डेय

सुर्खेत विरेन्द्रनगर