• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- मन लाको खान लाउनै छैन बदिनमा राखियो- जनक पान्डेय 'प्रेमिल'

Published : 1 week ago


मन लाको खान लाउनै छैन बदिनमा राखियो

रुखो बोल्छ छोरो हाम्लाइ मलिनमा राखियो

 

हाम्रो पालामा सासुससुरा देवता जस्तै मान्थे

आज बुहारी बाटै ससुरा अधिनमा राखियो

 

छोरो ठुलो होला अनि सुख देला भनेको थिए

उस्लाइ पढाउदा घर जग्गा ऋणमा राखियो

 

बुढेसकाल लाग्यो गर्न सक्न छोडिएछ

हाम्लाइ आज चिसो बलिनमा राखियो

 

बोज हुदै गैयो फोहोरी छन  बा आमा भन्यो

बृद्धाआश्रममा रातमा कहिले दिनमा राखियो।।

      

 जनक पान्डेय 'प्रेमिल'

        नया बानेश्वर,काठमाडौ