• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- विकृति सल्कियो धेरै- गम बयम्बु मगर

Published : 1 week ago


विकृति सल्कियो धेरै

दुष्कर्म झल्कियो धेरै

 

छोप्नु पर्ने खुल्लै भयो

जवानी छल्कियो धेरै

 

देखायो दूध चखायो

विरालो पल्कियो धेरै

 

सीमा नाघे आफै गिर्छ

पोखिनेछ भल्कियो धेरै

 

श्रृङ्गारले चम्काएपछि

अनुहार टल्कियो धेरै

 

फलेको वृक्ष नुघ्छ तर

विना फल ढल्कियो धेरै

 

संस्कृतिमा लाको घाउ

मुटु माझ बल्कियो धेरै

 

 

 गम बयम्बु मगर

निस्दी-६ अर्चले,पाल्पा