• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - उद्देश्य थियो संसार उज्यालो बनाउने - नबिना खनाल गौतम

Published : 10 months ago


दुखै दुखको रापसँगै जलिराछ जिन्दगी।

पिडै पिडाले थिचेर ~ गलिराछ जिन्दगी।

 

बिहान बेलुका  छाक  कसरी  टारौँ भन्दै,

अभाबै  अभावमा ~ चलिराछ  जिन्दगी।

 

न सुख छ तनमा न हाँसो खुशी छ मनमा,

भाग्यले नै नराम्रो सँग छलिराछ जिन्दगी।

 

उद्देश्य थियो संसार  उज्यालो  बनाउने ,

जुनकीरी झैँ पिलपिल बलिराछ जिन्दगी ।

 

आज उठाउँछु भोलि अस्तब्यस्त भैदिन्छ ,

उठाउनै नसक्ने गरि ~ ढलिराछ जिन्दगी ।

 

नबिना खनाल गौतम

पोखरा लामाचौर