• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- जिन्दगीको वासलातमा घाटा होस् या नाफा- नेत्र कुवर

Published : 4 months ago


 

कहिले लुक्ला कहिले  खुम्बु -सोलु भन्छुँ मान्दिनौ

मनका  कुराहरु  सबै  - खोलु भन्छुँ मान्दिनौ

 

एकान्तमा रुने बानी छोड्देउ प्रिय अबदेखि

ढोल्नै  परे संगै  आँशु - ढोलु भन्छुँ मान्दिनौ

 

दुइदिने  जिन्दगी  यो मरिलानु  के  नै छ र ?

आपसमा दु:ख सुख - घोलु  भन्छुँ मान्दिनौ

 

जिन्दगीको वासलातमा घाटा होस् या नाफा

जे जे होला त्यै त्यै जोखिम-मोलु भन्छुँ मान्दिनौ      

 

  नेत्र कुवर

अछाम, साँफे-८

हाल  काठमाडौं