• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

स्काभेटरमा आगजनी

Published : 9 months ago


सोलुखुम्बु, १ असार (रासस) :- सोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ ।सोलु खोलामा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रोपावर लिमिटेडले प्रयोग गरेको कोबेलको स्काभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।    
    
 घटना गएरातिको भए पनि बिहान ७ बजे मात्र थाहा भएको थियो । घटना भएको १५ मिटर नजिक प्रेसरकुकर बम रहेकाले त्यसलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली इटरीबाट आउँदै गरेको प्रहरीले जनाएको छ ।    
–––