गजल- कता जाउ के गरु निश्चित छैन गन्तब्यको- तारा घिमिरे
Published : 1 year ago

अपशब्द बोल्छ जब कालो कागले यहाँ !
चस्किरहन्छ मेरो मुटु शंकाको दागले यहाँ !!
स्वास्थ उपचारमा आर्थिक कमजोरी लाई !
साथदिन चाहदैन रित्तो मनि ब्यागले यहाँ !!
मर्न झनै नसकिने बाच्न उस्तै गाह्रो भयो !
डसि रहन्छ अभाव रमहगीको नागले यहाँ !!
आर्थिक उन्नति छैन व्यबहार धान्ने डर सधै !
सताउछ बालबच्चाको शैक्षिक मागले यहाँ !!
कता जाउ के गरु निश्चित छैन गन्तब्यको !
तानिरहन्छ तारालाई तिम्रै अनुरागले यहाँ !!
तारा घिमिरे
सङ्खुवासभा