• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

"कानोमे आँहाके झुम्का" भन्दै ज्योति र रुद्रसेन (भिडियो सहित)

Published : 1 month ago


काठमाडौँ : चर्चित गायक रुद्रसेन बिश्वकर्मा र चर्चित गायिका ज्योति मगरको सुमधुर आवाजमा रहेको मैथिली गित  "कानोमे आँहाके झुम्का" सार्बजनिक भएको छ ।  दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल  गायक रुद्रसेन बिस्वकर्मा र नेपाली सांगीतिक क्षेत्रकि चर्चित गायिका ज्योति मगरको स्वरमा रहेको दिवानी एल्बम बाट मैथिली गित "कानोमे आँहाके झुम्का" भर्खरै मात्र आरजे म्युजिक प्रोडक्सन य़ुट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा आएको छ ।

शब्द तथा संगीत गायक रुद्रसेनको नै रहेको यस गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।  म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन बिश्वकर्मा र रिचा थापालाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई  निर कुमारी बिश्वकर्माले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस :