• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

चलचित्र बैना बट्टाको पहिलो गित "तिमि सँग" सार्बजनिक(भिडियो सहित)

Published : 4 months ago


काठमाडौँ : चलचित्र बैना बट्टाको पहिलो गित "तिमि सँग" सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गित "तिमि सँग" ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ । उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने  देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।  नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

बैना बट्टामा चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ ।अशोज पहिलो हप्ता बाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन्   । भिडियो हेर्नुहोस :