• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- के छ कुन्नि अचेल खबर, मेरो हजुरको -चिरञ्जीवी ढकाल

Published : 1 week ago


के छ कुन्नि अचेल खबर, मेरो हजुरको ?

भन्छन् बदनामछ शहर, मेरो हजुरको ?

 

जै ले पनि भ्रष्टाचारी,छन मात्रै भन्नू हुन्छ,

यिनै भन्ने भएन ठहर, मेरो हजुरको।

 

कुरा धेरै काम थोरै,भयो भन्ने चर्चा सुन्छु,

पै ले भन्दा कम छ लहर, मेरो हजुरको।

 

सत्ता र भत्ता बाहेक,सबै कुरा बिर्सिनु भो,

कति भए पुग्छ खै रहर, मेरो हजुरको ?

 

जनतालाई डस्ने मात्रै, योजना बन्ने गर्छ,

कै ले सम्म सकिन्छ जहर, मेरो हजुरको ?

 

चिरञ्जीवी ढकाल

ने ग उ म न पा-२०

राँझा एयरपोर्ट बाँके