• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- बैशालु तिम्रो रुपको लाली झल्कियो- जीवे लामा

Published : 1 week ago


फुलि टल्कियो तिम्रो फुली टल्कियो

बैशालु तिम्रो रुपको लाली झल्कियो

 

फुल जस्तै फुलेको जोबन तिम्रो

त्यही भएर यो केटो त्यतै पल्कियो

 

स्वरै मीठो मधुर कोइलीको जस्तो

तिम्रो बोली सुन्दा मेरो मुटु सल्कियो

 

तिम्रै पर्खाइमा थिए म त सधैं तर

तिम्रो लाली जोबन अन्तै छल्कियो

 

जीवे लामा

पुल्चोक ललितपुर