• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- गम बयम्बु मगर

Published : 4 months ago


मुक्तक-१

दु:ख होस् सुख होस् एकबार हो जिन्दगी।

गन्तव्य विहीन यात्राकै सवार हो जिन्दगी।।

हाँसेर जिउन सिकौं,मनै फाटे सिउन सकौं।

भाग्यमानीलाई मिल्ने उपहार हो जिन्दगी।।

 

मुक्तक-२

काँडाको नजिकै फुलिरहेको फूल हेरेर।

जीवन शैली फेर्दैछु विगतको भुल हेरेर।।

जिन्दगी बुझ्नलाई, गन्तव्यमा पुग्नलाई।

जीवन यात्रा गर्नुछ समय अनुकुल हेरेर।।

 

मुक्तक- ३

अनगिन्ति छन् कथाहरु नलेखिएका।

मन भित्र छन्  व्यथाहरु नदेखिएका।।

झुपडीमा जन्मि महल बनाउछु भन्दा।

दुख पाएँ गर्दा चाहनाहरु नभेटिएका।।

 

मुक्तक-४

हर कदम पैसाकै सवाल छ राजधानीमा।

मौका छोप्नेकै मालामाल छ राजधानीमा।।

पसलमा खाद्यान्नकै गोदामले भरिए पनि।

धन नहुनेलाई अनिकाल छ राजधानीमा।।

 

मुक्तक-५

तिम्ले छोडे पछि अभाव खड्किरहेकोछ।

सपनामा सजाएको महल भत्किरहेकोछ।।

बाँचुला कसो गरी, पानी बिना माछा सरी।

बिछोड्को पीडाले यो मन तड्पिरहेकोछ।।

 

गम बयम्बु मगर

निस्दी-६ अर्चले,पाल्पा