• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- बुझ्दै जाँदा कालभन्दा अनिकाल धेरै छन- नेत्र कुँवर

Published : 4 months ago


किन होला कुन्नी यहाँ बबाल धेरै छन ?

तिमी  संग  गर्नु  पर्ने  सवाल  धेरै छन

 

बुझेकोथें वर्तमान भूत भविश्य भनी मैले

बुझ्दैजाँदा कालभन्दा अनिकाल धेरै छन

 

विज्ञानको युग भन्छन  तर  मेरो  देशमा

भत्काउनु  छ बिभेदका  पर्खाल धेरै छन

 

जति जोगी आएपनि सबै कान चिरिएका

त्यसैले  त  हिजो भन्दा हड्ताल धेरै छन

 

प्रकृतिका मनोरम  उप- हार- हरु  मध्ये

सबै भन्दा यै मेरो  देश  नेपाल धेरै छन

 

नेत्र कुँवर

अछाम बयालपाटा