• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

बरिष्ट गायक आनन्द कार्की र निशा देशारको "सुहागरातमा" सार्वजनिक(भिडियो सहित)

Published : 4 weeks ago


काठमाडौं : बरिष्ट गीतकार तथा साहित्यकार डा. डिआर उपाध्यायको नयाँ गीत "सुहागरातमा" सार्वजनिक भएको छ ।  ६ वटा विधामा वर्ल्ड रेकर्ड राखी विश्वमा किर्तिमान राख्न सफल बरिष्ट गीतकार उपाध्यायको शब्द, लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा बरिष्ट गायक आनन्द कार्की र निशा देशारको सुमधुर आवाज रहेको छ ।

सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा सबिता रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

डा डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता/दर्शकमाझ आएका छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।