• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- बुझ्नै सकिन तिमी दुश्मन वा प्रेमिका - राजभोग बैसाल

Published : 3 weeks ago


 

साच्चै तिमी छौ कि छैनौ हेर मुटु भित्र

प्रेममा  पागल  बनायौ  बसेर मुटु भित्र

 

बुझ्नै सकिन तिमी  दुश्मन वा प्रेमिका  

गल्ती गरेछु तिमीलाई राखेर मुटु भित्र

 

म  देश  बचाउन भनि सिमानामा हिडे

चलाउ गोलि बन्दुक समातेर मुटु भित्र

 

मलाई  मेरो देश सिङ्गो चाहिन्छ सिङ्गो

हरेक नक्सा राख्छु म समेटेर मुटु भित्र

 

तिमीले पागल बनायौ बहुलाहा बनायौ

अब नआउ है तिमी फर्किएर मुटु भित्र

 

राजभोग बैसाल

अछाम हाल भारत