• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ब्याडमिन्टन टोली भारत जाने

Published : 3 weeks ago


काठमाडौं, भदौ ९

 योनेक्स सनराइज इन्डिया जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भारतको पुना जाँदैछ ।

 

       सेप्टेम्बर २९ देखि अक्टोबर २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा प्रिन्स दाहाल, देवराज राणा, पेम्बा शेर्पा र प्रियन्सु क्षेत्री तथा महिलामा रञ्जना भट्ट, सीमा राजवंशी र निता लम्साल रहेका छन् । खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

 

       प्रशिक्षकमा मेघराज कठायत तथा व्यवस्थापकमा जगतबहादुर धामी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा निमित्त सदस्य–सचिव गुरुङले टोलीलाई प्रोत्साहन स्वरुप १५ हजार भारु प्रदान गरेका थिए ।