• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

"कतिन्जेल बस्नु" भन्दै आए गायक विश्वराम (भिडियो सहित)

Published : 2 months ago


काठमाडौँ :  गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित "कतिन्जेल बस्नु"को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्व आरके सुमधुर स्वरका धनि छन् । विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको "कतिन्जेल बस्नु" अहिले चर्चाको शिखर टेक्दै गरेको छ l गायक विश्वरामको नै शब्द रचना रहेको यस गीतमा गायकको आफ्नै संगीत कम्पोज रहेको छ भने प्रमोद निर्वाणले एरेन्ज गरेका छन् ।

डिभाइन ड्रिम स्टुडियोको छयांकन तथा सम्पादन रहेको सार्बजनिक म्युजिक भिडियोलाइ सैलेन्द्र ढकालले निर्देशन गरेका छन् । भिडियोमा मोडल अम्बिका लुइटेल, जिबन, रमेश तथा नमराजलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :