• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- आफुले आफुलाई गरि बिदाई चिठ्ठी लेख्दैछु- सुरेश पाण्डेय

Published : 1 week ago


अब हातमा एउटा लिइ दवाई चिठ्ठी लेख्दैछु !!

आफुले आफुलाई गरि बिदाई चिठ्ठी लेख्दैछु !!

 

बस्नु तिमी यो संसारमा अब जिउनु हाँसी खुशी !!

मैले अन्तिम पल्ट आत्मा जलाई चिठ्ठी लेख्दैछु !!

 

मेरो  अर्थि उठाएर  ल्याउछन्  होला त्यही बाटो !!

फुलपाथी तिम्ले पनि दिनु चढाई चिठ्ठी लेख्दैछु !!

 

माथि स्वर्ग होकी नर्कमा हो बस्ने ठाउँ थाहा छैन !!

चिन्ताले  दिन रात  खाइ नखाई चिठ्ठी लेख्दैछु !!

 

भन्छन् होला ति बुढा बा आमाले छोड्यो पापीले !!

तिमिले राम्रो संग दिनु  सम्झाई चिठ्ठी लेख्दैछु !!

 

दैव उस्तै  मान्छे उस्तै  भएक छन्  यो संसारमा !!

बाँच्न सक्दिनँ  म डराइ डराई  चिठ्ठी लेख्दैछु !!

 

बाबा आमाको सम्पति कहिले सम्म पुग्छ खान !!

यो देशमा पाइदैन जागिर भाई चिठ्ठी लेख्दैछु !!

 

देश देखि त्यो बिदेश  सम्म  कति  धाइयो कति !!

सकिनँ मैले इमान्दारीले कमाई चिठ्ठी लेख्दैछु !!

 

महिना भरीको  कमाईले  खान पनि  नपुगेपछि !!

के गरौं यो  जिन्दगीलाई बचाई चिठ्ठी लेख्दैछु !!

 

यो आँखामा आँसु  मुटुमा पिर  बोकेर सधैभरी !!

लाग्न थालेको हो मलाई थकाई चिठ्ठी लेख्दैछु !!

 

झुटो प्रमाणपत्र जुटाएर यो  मेरो इज्जत माथि !!

आफन्त र सारा दुश्मन हँसाई  चिठ्ठी लेख्दैछु !!

 

सारा  गन्तब्यका   बाटाहरु   बन्द  गराएर पनि !!

अँझै  बाँच भन्नु  हुन्छ  तपाईं चिठ्ठी लेख्दैछु !!

 

म मरिसके  पछि नलागोस् दोष  कसैलाई भनेर !!

दिएको  हु मैले अक्षरमा सफाई चिठ्ठी लेख्दैछु !!

 

सुरेश पाण्डेय

सुर्खेत विरेन्द्रनगर