• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- भोलीको भबिष्य देख्न मिल्ने भए - ऋजुता अर्याल

Published : 1 week ago


भोलीको भबिष्य देख्न मिल्ने भए

आफ्नै हातले भाग्य लेख्न मिल्ने भए

 

मुटु दुखाइ दुखाइ किन जिउनु पर्थ्यो

लागेका ती घाउहरु सेक्न मिल्ने भए

 

सायद म सन्सारकै खुसी मानिस हुन्थे

जिन्दगीका बाधा अर्चन छेक्न मिल्ने भए

 

नया सुरुवात हुन्थ्यो  जिन्दगीको

दुखी रहने यो दिल फेर्न मिल्ने भए

 

ऋजुता अर्याल

   हेटौंडा