• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- अमृत पनि लाग्छ जहर कारण तिमी छैनौ- सोम श्रेष्ठ

Published : 1 week ago


सार्है निरास  लाग्छ सहर कारण तिमी छैनौ

अमृत पनि लाग्छ जहर कारण तिमी छैनौ

 

हिजो आज घाम नि लाग्दै लाग्दैन साझसम्म

र जाडो लाग्छ जुनै  प्रहर कारण तिमी छैनौ

 

हिजो उसले भनेको थियो होस राखे है सोम

हो जस्तै लाग्यो उस्को ठहर कारण तिमी छैनौ

 

डुब्नसम्म डुबे म कुनै नाप नै छैन सायद यहाँ

र अझै डुब्दैछ सङ्गै रहर कारण तिमी छैनौ

 

       सोम श्रेष्ठ

         तीनपाटन २ सिन्धुली