• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- जब नयन फसिगयो मादक जवानीमा- सुदामा कृष्ण सुवेदी

Published : 1 week ago


जब नयन फसिगयो मादक जवानीमा

तब ज्यानले मागेकै हो हक जवानीमा

 

लुटाएरै लाँदा पनि -धन्यवाद भनिरहें

के तेस्तो हुन्छ कुन्नी -फरक जवानीमा

 

खै कसरी पगालिन्छ्न् ढुङ्गे मुटु हुनेहरु

गर्नेहरुले खुबै गर्छ्न् नाटक जवानीमा

 

फूल पनि फिका लाग्ने फिका जून पनि

कुन रसायनले देखाउँछ चमक जवानीमा

 

कैयौं विद्वान मूर्ख भए पिरतिमा परेदेखी

स्वयं कृष्ण देखिएनन् सजक जवानीमा   

 

सुदामा कृष्ण सुवेदी 

र.न.पा १० , चितवन