• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

न्यु समिट उपाधि नजिक

Published : 1 week ago


काठमाडौं, भदौ २० गते ।

आयोजक न्यु समिट र बर्नहार्ट कलेज दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ उपाधि नजिक पुगेका छन् । शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक न्यु समिटले टेक्सस कलेजलाई ३७–२९ को स्कोरमा हरायो । न्यु समिटको लागि उत्कृष्ट प्रदर्शन गरेका सुशान्त घिमिरेले सर्वाधिक २० अंक जोडे । अर्को सेमिफाईनल खेलमा बर्नहार्टले सगरमाथा कलेजलाई ४३–३४ को स्कोरले हराउदै न्यु समिटसँग उपाधि भिड्न्त पक्का गरेको छ । बर्नहार्ट कलेजको जितमा अभिनाश गैरेले १५ अंक जोडे । महिलातर्फ एएसएमटीले हिमालय कलेजलाई हराउदै फाईनलमा आयोजक न्यु समिटसँग फाईनलमा भेट पक्का गरेको छ । सेमिफाईनल खेलमा एएसएमटीले हिमालय कलेजमाथी १५–५ को स्कोरमा हराउदा मुना तामाङले ७ स्कोर गरेकी थिईन् । फाईनल खेल शनिवार हुनेछ ।